Posts

उनी र म (यादोद्गारहरू)

Image
मेरो निजी जीवनको बारेमा, मेरो आफ्नै अनुभूतिहरू पोखेको छु यहाँ। 2014-को दशैंको टीकापछि लिइएको तस्वीर। अन्तमा युद्ध जितिन्छ भन्ने भावोद्गारहरूमा अन्तर्निहित अर्थानुभूत गर्दागर्दै विश्वासले सहयोग नगरेका पलहरूमा छतविक्षत भएका दिनहरूमार्फत भएर आफू गुज्रिनुपर्छ भन्ने कतै, कुनै शङ्का र सङ्केतसम्म आफ्नो जीवनका कुनै पनि पन्नामा नभएको अवस्थामा यो एउटा महायथार्थ कटुसत्य बनिदियो कि जिन्दगी भोग्नु र सङ्घर्ष गर्नुको मात्र नभएर गुमाउनुको तीतो अनुभूति सहने र झेलाईको लय बोक्ने संज्ञात्मक नाम पनि रहेछ। हामी सजाउन त सजाउँछौं संघन सपना एउटा दाम्पत्य जीवनमा भावनात्मक एकात्मपछि उठ्ने लयहरूसित, यसमा प्राकृतिकपन छ र मिलनसार जीवनको सार पनि यस्तै हुन्छ, त्यसैले यो प्रवृति प्राकृत पनि लाग्दछ, यद्यपि त्यो सपनमा हुने सुखद् र हर्षपूर्ण रस साकार रूपमा यदाकदा हाम्रो जीवनमा छरिन्छ भन्न पनि नमिल्ने हुँदोरहेछ। वाध्यताले हामीलाई तानेर कहाँकहाँ पुऱ्याउँछ जसरी बोग्गीलाई तानेर इञ्जिनले कहाँ-कहाँ पुऱ्याउँछ, हिँड्नैपर्छ जब हामी तानिन्छौं त्यो अञ्जान शक्तिद्वारा अनभिज्ञ दिशातिर अनि समयसितै कहाँ उम्रिने र कहाँ टुङ्गि